Rule 134
विद्यार्थीले पालन गर्नु पर्ने आचार संहिता
विद्यार्थीहरुले देहाय बमोजिमको आचार संहिता पालन गर्नु पर्नेछः–
(क) शिक्षकको आज्ञापालन र आदर गर्नु पर्ने,
(ख) विद्यालयमा वा बाहिर जहा“सुकै अनुशासनमा रहनु पर्ने,
(ग) राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानको निमित्त संधै प्रयत्नशील रहनु पर्ने,
(घ) विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनु पर्ने,
(ङ) सबैसँग शिष्ट व्यवहार गर्नु पर्ने,
(च) व्यवस्थापन समितिले निर्धारण गरेका अन्य आचार संहिता पालना गर्नु पर्ने ।